PahiloPost

Jan 3, 2025 | १९ पुष २०८१

भारु सटहीको मुद्दा संसदमा पुग्यो, पूर्व अर्थमन्त्री भन्छन्- 'सटही गर्न कूटनीतिक पहल हुनुपर्छ'



मनोज सत्याल

भारु सटहीको मुद्दा संसदमा पुग्यो, पूर्व अर्थमन्त्री भन्छन्- 'सटही गर्न कूटनीतिक पहल हुनुपर्छ'

काठमाडौं : भारतीय पाँच सय र हजारको नोट सटहीको मुद्दा संसदमा प्रवेश गरेको छ। भारतले कालोधन र भष्ट्राचारलार्इ नियन्त्रण गर्न पाँच सय र हजारको नोटमा प्रतिवन्ध लगाएको थियो।
 
यो प्रतिबन्धसँगै नेपालीसँग रहेको भारतीय रुपैयाँ खोस्टो हुने सम्भावना बढेको छ। पूर्व अर्थमन्त्रीहरुले संसदमा बोल्दै नेपालीसँग रहेको निश्चित रकम साट्ने व्यवस्थाका लागि सरकारले नै कूटनीतिक पहल गर्नुपर्ने बताएका छन्।
 
पूर्व अर्थमन्त्री डा. रामशरण महत र सुरेन्द्र पाण्डेले नेपालीहरुसँग भएको रकम साट्ने पहल सरकारले लिनुपर्ने बताए। 'नेपालीले सबै पैसा बैंकमा राखेका छैनन्, कतिपय भारतमा काम गर्न जाने र आउने नेपालीले बैंकको प्रणालीमा ढिलाइ हुने देखेर घरमा राखेका छन्,' महतले भने, त्यो साट्ने पहल गर्नुपर्‍यो।'
 
महतले राष्ट्र बैंकका गभर्नरलार्इ भारतीय रुपैयाँ साट्ने वातावरण मिलाउन आग्रह गरेको बताए। अर्थमन्त्री र प्रधानमन्त्रीले नै यो मुद्दालार्इ अघि बढाउनुपर्ने उनको भनाइ छ।
 
पूर्व अर्थमन्त्री पाण्डेले नेपालीले २५ हजारभन्दा धेरै भारु राख्नु गैरकानुनी भएको बताउँदै २५ हजारसम्म साट्न सरकारले पहल गर्नुपर्नेमा जोड दिए। उनले २५ हजारभन्दा धेरै साट्न नमिल्ने भएकाले भारतीयको कालो धन नेपालबाट सेतो हुने सम्भावना नरहेको बताए।
 
भारतसँग जोडिएको जिल्ला र सुदूरपश्चिमका क्षेत्रमा नेपालीहरुसँग धेरै भारतीय रुपैयाँ रहने बताउँदै उनीहरुलाई मर्का पर्न नदिन पूर्व अर्थ मन्त्रीहरुले आग्रह गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell