PahiloPost

Mar 15, 2025 | १ चैत्र २०८१

तीन सय दिनमा नहुने काम भयो भन्ने ठानेको छु - प्रधानमन्त्री प्रचण्ड



पहिलोपोस्ट

तीन सय दिनमा नहुने काम भयो भन्ने ठानेको छु - प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो सरकारले सय दिनमा तीन सय दिन जत्तिको काम गरेको दाबी गरेका छन्।

सरकारको सय दिनको काम कारवाहीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले आफूले गरेको कामको चाप र प्रधानमन्त्रीको हैसियतले सुरु गरेको कामको आधारमा तीन सय दिन बराबरको काम गरेको बताए।

'मैले तीन सय दिनमा नहुने काम भयो भन्ने ठानेको छु', प्रचण्डले भने।

तर प्रधानमन्त्री कार्यालयका निमित्त मुख्य सचिव टंकमणी शर्माले भने कार्यक्रमको सुरुवातै दसैँ, तिहार, छठ लगायतका पर्वका कारण सरकारले सय दिन काम गर्न नपाएको बताए।

प्रधानमन्त्री प्रचण्डले सय दिनमा काम कारवाही सार्वजनिक गर्ने व्यवस्था वैज्ञानिक नभएपनि प्रचलन भएको हुनाले काम कारवाहीको झल्को प्रस्तुती गर्नु उचित लागेको बताए।

प्रचण्डले आफू सय दिन सक्रियतापूर्वक लागेको समेत दाबी गरे।  

'सक्रियतापूर्वक काम अगाडि बढाउन मिहिनेत यो क्याबिनेटले गरेको छ, त्यो महत्वपूर्ण छ', उनले भने।

प्रचण्डले संविधान कार्यान्वयनको दिशामा समेत सरकारले राम्रो काम गरेको दावी गरे। उच्च अदालत गठन, भाषा आयोग गठन, संविधान कार्यान्वयनका लागि विभिन्न विधेयक पेश हुनुलाइ उनले सफलताको रुपमा प्रस्तुत गरे।
 
'संविधानप्रति असन्तुष्ट पक्षलाइ सहमतिमा ल्याउन राजनीतिक सहमतिबाट संविधान संशोधन गरि स्वीकार्यताको दायरा फराकिलो पार्न हरतरह प्रयासरत छ', उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell