PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

​प्रधानमन्त्रीले भने : प्रदेश प्रमुखको कार्यालयबारे अब निर्णय हुन्छ



पहिलोपोस्ट

​प्रधानमन्त्रीले भने : प्रदेश प्रमुखको कार्यालयबारे अब निर्णय हुन्छ

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदेश प्रमुखका कार्यलय तोक्नेबारे आगामी मन्त्रिपरिषदले निर्णय गर्ने बताएका छन्।

प्रधानमन्त्री दाहालले आफ्नो कार्यकालको १०० दिन पुगेको अवसरमा पत्रकार सम्मलन गरी त्यसबारे जानकारी दिएका हुन्। 

'मैले प्रदेश कार्यालय तोक्ने र माननीय मन्त्रीहरुलाई तयारी जिम्मेवारी दिने र सातै प्रदेशमा संयोजनकारी भूमीका खेल्ने संरचना तयारीको अन्तिम चरणमा पुगेको छ,' प्रधानमन्त्री दाहालले भने, 'यसबारे आगामी क्याबिनेटले निर्णय लिनेछ।'

दाहालले त्यो निर्णयपछि प्रदेश र संघीयता क्रियाशिल हुने थाल्ने बताए। 

प्रदेशको राजधानी कहाँ हुने लगायतका विषयमा विभिन्न क्षेत्रमा विवाद र बहस भइरहेका बेला प्रधानमन्त्री दाहालले सरकारको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका हुन्।

संविधान विरुद्ध आन्दोलनमा रहेको मधेसी मोर्चाले संविधान संशोधन अघि कुनै पनि काम गर्न नहुने भन्दै अड्को थापिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell