PahiloPost

Mar 15, 2025 | १ चैत्र २०८१

सोलिडारिटी कप : लाओसलाई हराउँदै फाइनल पुग्ने नेपालको लक्ष्य



पहिलोपोस्ट

सोलिडारिटी कप : लाओसलाई हराउँदै फाइनल पुग्ने नेपालको लक्ष्य

काठमाडौं : मलेसियामा जारी एएफसी सोलिडारिटी कपको पहिलो सेमिफाइनलमा शनिबार नेपालले लाओससँग प्रतिस्पर्धा गर्दैछ। 

लाओस विरुद्ध मैदानमा भिड्दा नेपालको लक्ष्य फाइनल पुग्नु रहेको नेपालका मुख्य प्रशिक्षक ग्योतुकु कोजीले बताएका छन्। 

नकआउट राउण्डको खेलअघि पत्रकार सम्मेलनमा बोल्दै कोजीले नेपाल उपाधि भिडन्तको लागि तयार रहेको तर लाओसलाई कम नआक्ने बताए।

विपक्षी बारे कोजीले भने, 'केही महिना अघि हामीले लाओससँग खेल्यौ र नतिजा बराबरी भयो। लाओस राम्रो टीम हो र उनीहरुले मंगोलिया विरुद्धको खेलमा आफ्नो क्वालिटी पनि देखाए।' 

लाओस विरुद्ध कस्तो खेल हुन्छ भनने कुरा पिच कन्डिसनले पनि निर्धारण गर्ने कोजीले बताए। 'हामी नेगेरी स्टेडियममा खेल्दैछौं र यदी त्यहाँ पानि पर्यो भने खेल्न गाह्रो हुन्छ। लाओस अहिलेको कन्डिसनमा खेल्न अभ्यस्त छ त्यसैले हामीले मौसुमको अवस्था जस्तोसुकै पनि खेल्नको लागि तयार हुनुपर्छ।'

यता लाओसका प्रशिक्षक भालकोन पोम्पहाकुडेले नेपाल राम्रो टीम भएको नेपाल विरुद्धको खेल गाह्रो हुने बताएका छन्।

'केही महिनाअघि हामीले नेपालसँग खलेका थियौं। दुवै टीमको स्तर समान छ खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गर्न सकिन्छ।'

समूह ए मा अपराजित रहँदै नेपाल सेमिफाइनल प्रवेश गरेको हो। समूह विजेता बन्ने क्रममा नेपालले ब्रुनाईलाई ३-० ले हराएको थियो भने टिमोर लेस्टेसँग गोलरहित बराबरी खेलेको थियो।

यस्तै २ खेलमा जित र एकमा हारको नतिजा निकालेको लाओस समूह बी को उपविजेता बन्दै सेमिफाइनल पुगेको हो।

नेपाल र लाओसबीचको खेल नेपाली समय अनुसार शनिबार दिउँसो सवा २ बजे कुचिङस्थित नेगेरी स्टेडियममा हुनेछ।

मलेसियामा सोलिडारिटी खेलिरहेको मध्ये लाओस फिफा वरीयतामा सबैभनदा माथि १७५ औं स्थानमा छ।

यस्तै शनिबारै हुने दोस्रो सेमिफाइनलमा समूह बी को विजेता मकाउ र समूह ए को उपविजेता ब्रुनाईबीच प्रतिस्पधा हुनेछ।




@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell