PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

​प्रमको सय दिने उपलब्धिमा खेलकुद : सातौं राष्ट्रिय र १३ औं सागको लागि 'फास्ट ट्रयाक टास्क फोर्स'



पहिलोपोस्ट

​प्रमको सय दिने उपलब्धिमा खेलकुद : सातौं राष्ट्रिय र १३ औं सागको लागि 'फास्ट ट्रयाक टास्क फोर्स'

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं राष्ट्रिय खेलकुद र १३ औं दक्षिण एसियाली खेलकुद साफ गेमका लागि फास्ट ट्रयाक टास्क फोर्स गठन गरिएको बताएका छन्।

शुक्रबार प्रचण्डले आफ्नो सरकारले सय दिनमा गरेको काम कारवाही सार्वाजनिक कार्यक्रममा मंसिरमा संचालन हुने भनिएको  सातौं राष्ट्रिय खेलकूद तथा १३ औं साफ गेम समेतलार्इ मर्यादित र सुव्यवस्थित बनाउन 'फास्ट ट्रयाक टास्क फोर्स' गठन गरिएको बताए। 

सन् २०१८ को मार्चमा १३ औं दक्षिण एशियाली खेलकूद प्रतियोगिता नेपालले आयोजना गर्ने निर्णय अनुरूप काठमाण्डौ उपत्यका, पोखरा तथा चितवनमा खेलकूद पुर्वाधार निर्माण तथा व्यवस्थापनका कार्यहरू प्रारम्भ गरिएका छन्।

यस्तै खेलकूदलार्इ विशिष्टिकृत रूपमा विकास गर्न 'एक खेल एक एकेडेमी'को अवधारणा बमोजिम ललितपुरको सातदोबाटोमा तेक्वान्दो र कराँते खेलका एकेडेमी भवनहरू निर्माण प्रारम्भ भइसकेका बताइएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell