PahiloPost

Mar 15, 2025 | १ चैत्र २०८१

​विश्वकप छनोट : फ्रान्सको 'कमब्याक भिक्ट्री'मा पोग्वा र पायटको गोल, इंगल्याण्ड विजयी



पहिलोपोस्ट

​विश्वकप छनोट : फ्रान्सको 'कमब्याक भिक्ट्री'मा पोग्वा र पायटको गोल, इंगल्याण्ड विजयी

सन् २०१८ मा रसियामा हुने विश्वकपको युरोपियन छनोट अन्तर्गत फ्रान्सले स्वीडेनलाई पराजित गरेको छ।

घरेलु मैदानमा भएको खेलमा फ्रान्सले १ गोलले पछि परेको स्थिती उल्टाउँदै स्वीडेनलाई २-१ ले हरायो। 

५४ औं मिनेटमा एमिल फोसवर्गले गोल गर्दै स्वीडेनलाई अग्रता दिलाएका थिए। तर त्यसको चार मिनेटपछि नै पउल पोग्लो गोल गर्दै खेल बराबरीमा ल्याए। ६५ औं मिनेटमा दिमित्री पायटले गोल गर्दै फ्रान्सको लागि विजयी गोल गोल गरे।

जितपछि समूह ए मा ४ खेलबाट १० अंक जोडेको फ्रान्स शीर्ष स्थानमा छ भने समान खेलबाट ७ अंक रहेको स्वीडेन दोस्रोमा छ।

छनोट अन्तर्गत समूह एफ को खेलमा इंगल्याण्डले स्कटल्याण्डलाई ३-० ले पराजित गरेको छ। इंगल्याण्डको सहज जितमा ड्यानिएल स्टुरिज, एडनान लालाना र ग्यारी काहिलले १/१ गोल गरे।

यसै समूहको अन्य खेलमा स्लोभाकियाले लात्भियालाई ४-० तथा स्लोभेनियाले माल्टालाई १-० ले हरायो।

समूह चरणमा चार खेलको समाप्तीपछि अपराजित रहेको इंगल्याण्ड र स्लोभेनिया क्रमश र पहिलो र दोस्रो स्थानमा छ। इंगल्याण्डको १० र स्लोभेनियाको ८ अंक छ। यस्तै ६ अंक जोडेको स्लोभाकिया तेस्रो स्थानमा छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell