
सन् २०१८ मा रसियामा हुने विश्वकपको युरोपियन छनोटमा जर्मनीले सानमारिनोमाथि गोलको वर्षा गरेको छ।
समूह सी को खेलमा जर्मनीले सानमारिनोलाई उसैको मैदानमा ८-० ले पराजित गरेको हो। जर्मनीको फराकिलो अन्तरको जितमा सर्जी गनवरीले ह्याट्रिक गरे। यस्तै जोनास हेक्टरले २, सामी खेडिरा र केभिन भोल्याण्डले १/१ गोल गरे।
सानमारिनोका माटिअ स्टेफानेलीले एक आत्मघाती गोल जर्मनीलाई उपहार दिए।
जितसँगै जर्मनीले समूह चरणमा शतप्रतिशत जितलाई कायम राखेको छ। ४ खेलबाट १२ अंक जोडेको जर्मनी समूह सी मा शीर्ष स्थानमा छ।
यसै समूहको अन्य खेलमा उत्तरी आयरल्याण्डले अजरवैजानलाई ४-० ले हरायो भने चेक गणतन्त्रले नर्वेलाई २-१ ले पराजित गर्यो।
यस्तै समूह ई मा अपराजित यात्रा कायमै राख्ने क्रममम पोल्याण्डले रोमानियालाई ३-० ले हरायो। पोल्याण्डको जितमा रोबर्ट लेवान्डास्कीले २ तथा कमिल ग्रोसिकीले १ गोल गरे।
यसै समूहको अन्य खेलमा डेनमार्कले कजाकस्तानलाई ४-१ ले तथा अर्मेनियाले मोन्टेनेग्रोलाई ३-२ ले हरायो।