PahiloPost

Mar 15, 2025 | १ चैत्र २०८१

औद्योगिक व्यवसाय एेन आफ्नो पक्षमा नभएको भन्दै मजदुरले राखे प्रधानमन्त्रीसामु असन्तुष्टि



पहिलोपोस्ट

औद्योगिक व्यवसाय एेन आफ्नो पक्षमा नभएको भन्दै  मजदुरले राखे प्रधानमन्त्रीसामु असन्तुष्टि

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मजदुर वर्गका समस्या समाधान गर्न आफू गम्भीर रहेको बताएका छन्।

शनिबार बिहान बालुवाटारमा अखिल नेपाल ट्रेड युनियन महासंघको टोलीसँग कुरा गर्दै प्रधानमन्त्रीले आफू मजदुर किसान वर्गको मुक्तिका लागि अनवरत संघर्षमा रहेको बताए। अहिले सरकारमा रहेर मजदुरका समस्या समाधान गर्न कुनै कसर बाँकी नराख्ने उनको भनाइ थियो।
 
भेटमा ट्रेड महासंघका अध्यक्ष शालिकराम जमरकट्टेलले केही समयअघि पारित भएको औद्योगिक व्यवसाय ऐन मजदुरको पक्षमा नभएको भन्दै यसलाई संशोधन गर्न तथा संसदमा पुगेको श्रम ऐनको संशोधन विधेयक र सामाजिक सुरक्षा ऐनलाई मजदुरमैत्री बनाउन आग्रह गरे। संविधानमा राष्ट्रिय मजदुर आयोगको व्यवस्था गर्न, मजदुरको समानुपातिक समावेशी सहभागिता सुनिश्चित गर्न, यातायात क्षेत्रका मजदुरका समस्या सम्बोधन गर्न, इ–रिक्सालाई व्यवस्थित पार्न नियमावली तयार गर्न पनि उनले ध्यानाकर्षण गराए। सरकारी ज्यालादारी र करारमा नियुक्त कर्मचारी, कामदारलाई अन्य सरकारी कर्मचारीसरह सेवा सुविधा दिन समेत कट्टेलले आग्रह गरेका छन्।
मागप्रति सकारात्मक रहेका प्रधानमन्त्रीले यसलाई पूरा गराउन आफूले पहल गर्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell