काठमाडौं : कपिलवस्तुको शिवराज १ सुरही खोला नजिकै रोकिराखेको ट्रकमा बस जुध्दा एक जनाको मृत्यु भएको छ।
ना २ ख २४९४ नम्बरको ट्रकमा ना ५ ख ९५० नम्बरको बस जुध्दा सो दुर्घटना भएको हो। मृत्यु हुनेमा कपिलवस्तु भृकुटी नगरपालिका ३ का २५ वर्षीय रामनारायण चौधरी रहेका छन्। चौधरीको घटनास्थलमा नै मृत्यु भएको हो। घाइते हुनेमा कपिलवस्तु बलरमपुर ७ का हरिबहादुर धोवी र लक्ष्मण पासी छन्। उनीहरुको लुम्बिनी अञ्चल अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनापछि बसका चालक भने फरार रहेकाले खोजी भइरहेको कपिलवस्तु प्रहरीले जनाएको छ।