PahiloPost

Mar 15, 2025 | १ चैत्र २०८१

तरुण दलको महाधिवेशन पोखरामा सुरु हुँदै, पदाधिकारीमा सहमति जुटाउने प्रयास



पहिलोपोस्ट

तरुण दलको महाधिवेशन पोखरामा सुरु हुँदै, पदाधिकारीमा सहमति जुटाउने प्रयास


पोखरा : नेपाली कांग्रेसको भातृ संगठन तरुण दलको चौंथो महाधिवेशन आजबाट पोखरामा सुरु हुँदैछ।
 
कांग्रेस सभापति शेरबहादुर देउवाले दिउँसो १ बजे महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ। तीन दिनसम्म चल्ने महाधिवेशनले ७५ जनाको केन्द्रीय समिति चयन गर्नेछ।
 
महाधिवेशनमा सहभागी हुन सम्पूर्ण नेता, कार्यकर्ता अहिले पोखरा आइसकेका छन्। प्रचारप्रसाका लागि बिहान मोटरसाइकल र्‍याली समेत निकालिएको थियो।

लामो समयको विवादपछि हुन लागेको महाधिवेशनमा अध्यक्षमा भने जितजंग बस्नेतलाई सर्वसम्मत बनाउने गृहकार्य भइरहेको एक प्रतिनिधिले बताए। 'एकताको सन्देश दिनका लागि पनि सहमतिमै पदाधिकारी चयन गर्ने प्रयास भइरहेको छ,' उनले भने।

पार्टी सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाबीच भएको सहमतिअनुसार पदाधिकारी बागबण्डाको आधारमा बाँडिएको बुझिएको छ। अध्यक्ष देउवा प्यानलबाट, महामन्त्री पौडेल र कोषाध्यक्ष सिटौला पक्षलाई दिने सहमति भएको स्रोतको भनाइ छ।

महाधिवेशनमा लगभग एक हजार चार सय प्रतिनिधि सहभागी हुने र उद्घाटन सत्रमा १० हजार कार्यकर्ताको उपस्थिति रहने तरुण दलका केन्द्रीय सदस्य ऋषि काफ्लेले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell