PahiloPost

Mar 15, 2025 | १ चैत्र २०८१

महाभियोग प्रस्ताव पारित हुन्छ : नेता पुन



पहिलोपोस्ट

महाभियोग प्रस्ताव पारित हुन्छ : नेता पुन

पोखरा : नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की विरुद्धको महाभियोग प्रस्ताव पारित हुने बताएका छन्।
 
प्रेस सेन्टर नेपाल कास्कीले आज गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता पुनले राज्यका सबै संयन्त्रलाई आतङ्कित पारेको, भ्रष्टाचार नियन्त्रण गर्ने संवैधानिक निकायको प्रमुखमा नै भ्रष्टाचारमा लोलुपता देखिएको र पदीय दुरुपयोग गरेकाले प्रमुख राजनीतिक दल महाभियोगको प्रस्ताव पारित गराउने टुङ्गोमा पुगेको जिकिर गरे।

साथै उनले दुई दिनमै संविधान संशोधन प्रस्ताव पेश हुने समेत बताए। प्रस्ताव सबै दलको सहमतिमै पारित हुने उनले विश्वास व्यक्त गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell