PahiloPost

Mar 15, 2025 | १ चैत्र २०८१

'छायाँ' पछ्याउँदै ओली पुगे बिग मुभिज



पहिलोपोस्ट

'छायाँ' पछ्याउँदै ओली पुगे बिग मुभिज

काठमाडौं : नेकपा एमालेका अध्यक्ष  केपी शर्मा ओली शुक्रबार बेलुका कमलपोखरीस्थित बिग मुभिज पुगे, फिल्मको प्रिमियर शोमा। बाल यौन दुर्व्यवहार र त्यसले बालबालिकाको मनोविज्ञानमा पार्ने असरलाई केलाइएको फिल्म 'छायाँ'को प्रिमियर शो हेरिसकेपछि उनले सकारात्मक प्रतिक्रिया दिएका छन्।

'छायाँ फिल्मले समाजको नराम्रो पक्षलाई खोतलेको छ। समग्रमा राम्रो बनेको छ। अब यस्ता समस्याविरुद्ध सबै मिलेर अघि बढ्नुपर्छ,' उनले भने।
 
शोमा एमाले नेता प्रदीप ज्ञवाली, शान्ता चौधरी,  पृथ्वीसुब्बा गुरुङ, शङ्कर पोखरेल लगायतको उपस्थिति थियो।

सामाजिक कुरीतिलाई देखाउँदै त्यसको न्युनीकरणको सन्देश दिन खोजिएको भनिएको फिल्म मंसिर ३ गतेबाट नेपालका विभिन्न हलहरुमा प्रदर्शनमा आउने भएको छ।
 
इन्टेक मिडिया प्रालिले निर्माणको गरेको फिल्म मनोज पण्डितले निर्देशन गरेका हुन्। 'बालिकाहरु मात्र होइन बालक पनि यौन हिंसामा पर्छन् भन्ने यथार्थलाई देखाउने प्रयास गरेका छौं,' निर्देशक पण्डितले भने।
 
सत्यघटनालाई आधार बनाएर लेखिएको उनले बताए।
 
पोखराका विभिन्न स्थानमा छायंकन गरिएको फिल्ममा बालकमाथि एउटा पुरुषले गर्ने यौनजन्य दुराचारलाई देखाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell