PahiloPost

Sep 20, 2026 | ४ असोज २०८३

अवैध भिओआइपीमा २२ हजार सिमकार्डको प्रयोग



पहिलोपोस्ट

काठमाडौं : अवैध भिओआइपीमा अहिलेसम्म विभिन्न दुरसञ्चारका २२ हजार सिमकार्ड प्रयोग भएको प्रहरीले जनाएको छ।
 
भिओआइपी संलग्न व्यक्तिहरुले विभिन्न व्यक्तिको नाममा सिमकार्ड झिकी यसको दुरुपयोग गर्ने गरेका छन्। प्रहरीको तथ्याङकअनुसार सवैभन्दा बढी एनसेलको सिम प्रयोग गरिएको पाइएको छ। जहाँसुकै पाउने र सजिलो भएकोले उनीहरुले एनसेलको सिम प्रयोग गर्ने गरेका छन्।
 
अहिलेसम्म नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ९२ स्थानमा भिओआइपीविरुद्ध कारबाही गरेको छ। प्रहरीको कारबाहीमा अहिलेसम्म १ सय ७ जना नेपाली र ३८ जना विदेशी पक्राउ परेका छन्। पक्राउ परेका विरुद्ध अदातलले ११ अर्ब ६७ करोडको बिगो भराएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell