PahiloPost

Sep 20, 2026 | ४ असोज २०८३

एमाले नेता ज्ञवाली भन्छन्- 'सरकारको सय दिन अर्थहीन'



पहिलोपोस्ट

एमाले नेता ज्ञवाली भन्छन्- 'सरकारको सय दिन अर्थहीन'

काठमाडौं : नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको सय दिने कार्यकाल अर्थहीन रहेको टिप्पणी गरेका छन्।
 
रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै ज्ञवालीले सरकारले यो मूल्यवान समय यत्तिकै खेर फालेको आरोप समेत लगाए। ‘यो सय दिन खेर गएको छ, निर्वाचन अनिश्चिततातिर धकेलिरहेको छ,' उनले भने, 'निर्वाचनको लागि सरकारले कुनै उल्लेखनीय काम गर्न सकेन।’
 
केपी शर्मा ओली नेतृत्वको सरकारले अघि सारेको संविधान कार्यान्वयनको योजना समेत प्रचण्ड नेतृत्वको सरकारले बेवास्ता गरेको उनको भनाइ छ। अहिलेसम्म निर्वाचनको मिति नतोकिनु सरकारको लाचारी भएको उनले बताए। 'चैतसम्म स्थानीय निकायको निर्वाचन नभए, अरु निर्वाचन कहिले हुन्छ? यो गम्भिर प्रश्न हो,’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell