PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

सोलिडारिटी कप : नेपाल भर्सेस लाओसको खेल लाइभ हेर्नुस्



पहिलोपोस्ट

सोलिडारिटी कप : नेपाल भर्सेस लाओसको खेल लाइभ हेर्नुस्

काठमाडौं : मलेसियामा जारी एएफसी सोलिडारिटी कपको पहिलो सेमिफाइनलमा नेपालले लाओससँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र लाओस बीचको खेल कुचिङस्थित नेगेरी स्टेडियममा हुँदैछ।



नेपाल समूह ए को विजेता बन्दै सेमिफाइनल पुगेको हो। समूह ए को विजेता बन्ने क्रममा नेपाल पहिलो खेलमा टिमोर लेस्टेसँग गोलरहित बराबरीमा रोकिएको थियो भने दोस्रो खेलमा ब्रुनाईलाइ ३-० ले हराएको थियो।

यस्तै २ खेलमा जित र एकमा हारको नतिजा निकालेको लाओस समूह बी को उपविजेता बन्दै सेमिफाइनल पुगेको हो।

नकआउट राउण्डको खेलअघि पत्रकार सम्मेलनमा पालका मुख्य प्रशिक्षक ग्योतुकु कोजीले नेपाल उपाधि भिडन्तको लागि तयार रहेको तर लाओसलाई कम नआक्ने बताएका थिए। उनले लाओस विरुद्ध मैदानमा भिड्दा नेपालको लक्ष्य फाइनल पुग्नु रहेको बताएका थिए। 

मलेसियामा सोलिडारिटी कप खेलिरहेको मध्ये लाओस फिफा वरीयतामा सबैभनदा माथि १७५ औं स्थानमा छ।

यस्तै आजै हुने दोस्रो सेमिफाइनलमा समूह बी को विजेता मकाउ र समूह ए को उपविजेता ब्रुनाईबीच प्रतिस्पधा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell