PahiloPost

Sep 20, 2026 | ४ असोज २०८३

सोलिडारिटी कप : विमलले गरे गोल, नेपाल १-१ लाओस



पहिलोपोस्ट

सोलिडारिटी कप : विमलले गरे गोल, नेपाल १-१ लाओस

काठमाडौं : मलेसियामा जारी एएफसी सोलिडारिटी कपको पहिलो सेमिफाइनलमा नेपालले लाओससँग प्रतिस्पर्धा गरिरहेको छ।

खेलको दोस्रो हाफ चलिरहँदा दुवै टोलीले १/१ गोल गरेका छन्। पहिलो हाफमा एक गोलले पछि परेको नेपालको लागि विमल घर्ती मगरले दोस्रो हाफको सुरुमै बराबरी गोल फर्काएका हुन्।

यसअघि खेलको १८ औं मिनेटमा चाम्पाथोङले गोल गर्दै लाओसलाइ अग्रता दिलाएका हुन्। उनले नेपाली डिफेन्सको कमजोरीको फाइदा उठाउँदै गोल गरेका थिए।

पहिलो हाफमै नेपालले बराबरी गोल फर्काउने केही मौका पाएपनि त्यसलाई सदुपयो गर्न सकेको थिएन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell