PahiloPost

Mar 17, 2026 | ३ चैत्र २०८२

प्रधानमन्त्री दाहालसँग भारतीय स्थल सेनाध्यक्षको भेट



पहिलोपोस्ट

प्रधानमन्त्री दाहालसँग भारतीय स्थल सेनाध्यक्षको भेट

 
काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष दलवीर सिंह सुहागले आज भेट गरेका छन्।
 
प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त भेटमा प्रधानमन्त्रीले भारतीय सेनापतिलाई स्वागत गर्दै हालैको आफ्नो भारत भ्रमण, गोवाको ब्रिक्स–बिमिस्टेक सम्मेलनमा सहभागिता र भारतीय राष्ट्रपति प्रणव मूखर्जीको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्ध थप सुदृढ भएको बताएका दाहालको निजी सचिवालयले जनाएको छ।
 
प्रधानमन्त्री दाहालले नेपाल संविधान कार्यान्वयन, शान्ति प्रक्रियाको पूर्णता, भूकम्पपछिको पूनःर्निर्माणसहित आर्थिक समृद्धिको यात्रामा अघि बढिरहेको पनि बताए।
 
प्रधानसेनापति राजेन्द्र क्षत्रीको निमन्त्रणमा तीनदिने नेपाल भ्रमणमा शुक्रबार आएका सुहागले प्रधानमन्त्रीसँगको भेटमा नेपाल र भारतबीचको सदियौँ पुरानो सम्बन्ध थप मजबुत बनाउनुपर्नेमा जोड दिएका थिए।
 
भारतीय सेनाबाट सेवानिवृत्त नेपालीको पेन्सन लिने व्यवस्थालाई थप सहज बनाउन बुटवलमा नयाँ कार्यालयको स्थापना गर्न लागिएको उनले प्रधानमन्त्री दाहाललाई जानकारी गराए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell