PahiloPost

Sep 20, 2026 | ४ असोज २०८३

प्रधानमन्त्री र कांग्रेस सभापति देउवाबीच संविधान संशोधनका विषयमा छलफल



पहिलोपोस्ट

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज भेटवार्ता भएको छ।
 
धानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा संविधान संशोधन प्रस्तावको मुख्य विषय सीमाङ्कन हेरफेरमा छलफल केन्द्रित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।
 
प्रधानमन्त्री दाहालले सत्तारुढ, प्रतिपक्ष र आन्दोलनरत दललाई मान्य हुने गरी संविधान संशोधनको प्रस्ताव तयार गर्न राजनीतिक दलका नेतासँगको छलफललाई तीव्र बनाएका छन्।
 
सभापति देउवाले प्रमुख प्रतिपक्ष दलका नेता एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटी संविधान संशोधनका विषयमा शुक्रबार छलफल गरेका थिए। प्रधानमन्त्री दाहालले यही कात्तिकभित्रै संविधान संशोधन गर्ने वचन मधेसी मोर्चालाई दिएका थिए।
 
मोर्चाले पनि कात्तिकसम्म सरकारलाई पर्खिने सो अवधिभित्र पनि संविधान संशोधन प्रस्ताव संसदमा दर्ता नभए सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिइसकेको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell