
काठमाडौं : नेपाल मलेसियामा जारी एएफसी सोलिडारिटी कपको फाइनलमा प्रवेश गरेको छ।
गोलरक्षक किरण चेम्जोङले दुई पेनाल्टी रोकेपछि लाओसलाई पेनाल्टी सुटआउटमा ३-० ले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो। नेपालको लागि पेनाल्टी सुटआउटमा हेमन गुरुङ, विक्रम लामा र सुजल श्रेष्ठले गोल गरे।
लाओसका दुई खेलाडीको पेनाल्टी किरणले रोके भने एक खेलाडीको पेनाल्टी प्रहार बाहिरियो।