PahiloPost

Dec 27, 2025 | १२ पुष २०८२

उत्तरपुस्तिका बोकेको गाडीमाथि तोडफोड, १० जना विद्यार्थी पक्राउ



पहिलोपोस्ट

चितवन : कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनको बिएस्सी एजीको प्रवेश परीक्षाको उत्तरपुस्तिका लिएर भरतपुरबाट रामपुर जाँदै गरेको गाडीमा तोडफोड भएको छ।
 
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार विश्वविद्यालयको बा १० च ९३४५ नंको उत्तरपुस्तिका बोकेको उक्त गाडी विश्वविद्यालय नजिक दिउँसो २ बजे अज्ञात समूहले तोडफोड गरेको हो।
 
चितवनका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार ढुङ्गा प्रहारबाट गाडीको सिसा फुटेको छ। घटनापछि अनुसन्धानका लागि १० जना विद्यार्थीलाई नियन्त्रणमा लिइएको छ।

उत्तरपुस्तिका सुरक्षित रहेको श्रेष्ठले बताए। कसले किन तोडफोड गरेको हो भन्नेबारे खुल्न नसकेको प्रहरीले जनाएको छ।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell