PahiloPost

Mar 17, 2026 | ३ चैत्र २०८२

भारतको वायु प्रदूषणले झकझक्यायो विश्वलाई, युनिसेफले जारी गर्‍यो विज्ञप्ति



पहिलोपोस्ट

भारतको वायु प्रदूषणले झकझक्यायो विश्वलाई, युनिसेफले जारी गर्‍यो विज्ञप्ति

संयुक्त राष्ट्रसङ्घ : भारतको राजधानी नयाँदिल्लीमा गतहप्ता देखिएको वायु प्रदूषणको असरबाट सचेत हुन राष्ट्र सङ्घीय बाल कोष (युनिसेफ) ले विश्वलाई नै आह्वान गरेको छ।
 
युनिसेफले हालै एक प्रेस विज्ञप्ति जारी गरी नयाँदिल्लीको भर्खरैको अनुभवबाट संसारले सिक्नुपर्ने भन्दै ध्यानाकर्षण गराएको छ। प्रदूषणबाट हुने असर र समस्याबाट सतर्क हुने बच्ने उपायहरु पनि अपनाउन युनिसेफले आग्रह गरेको छ।
 
'दिल्लीका बालबालिका हरेक पटकको स्वासप्रश्वासमा प्रदूषणको समस्याबाट पीडित छन्,' विज्ञप्तिमा भनिएको छ। 'यो चुनौती दिल्लीको मात्रै होइन, विकासको उकालो चढ्दै गरेका विश्वभरका अरु थुप्रै सहरहरुको पनि हो,' राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजार्रिकले संवाददाताहरुलाई भने। दिल्लीले विश्वलाई नै झस्काएकोले सबै सतर्क रहनुपर्नेमा पनि उनले जोड दिएका छन्।रासस/सिन्ह्वा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell