PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

कम भयो बन्दको प्रभाव, प्रहरी भन्छ- 'निर्धक्क भएर सवारी साधन चलाउनुस्'



सविन ढकाल

कम भयो बन्दको प्रभाव, प्रहरी भन्छ- 'निर्धक्क भएर सवारी साधन चलाउनुस्'

काठमाडौँ : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले आयोजना गरेको नेपाल बन्दको प्रभाव कम भएको छ।

आइतबार बिहान सार्वजनिक यातायातका सावरीसाधन नचलेपनि १० बजेदेखि भने सवारीसाधनहरु चल्न थालेका छन्। निजी सवारीसाधन, ट्याक्सी तथा मोटरसाइकल चलेका छन्। त्यस्तै राजधानीका मल तथा पसलहरु पनि सञ्चालनमा आएका छन्।  बैंकिङ संस्थाहरु समेत नियमित समयमा सञ्चालन आएका छन्।

बिहानै राजधानीमा विरोध प्रदर्शनमा उत्रिएका नेकपा माओवादीका कार्यकर्तालाई भने प्रहरीले पक्राउ गरेको थियो। महानगरीय प्रहरी परिसरका एसपी प्रधुम्न कार्कीले १ सय २९ जना कार्यकर्ता पक्राउ गरिएको बताए। बन्दकर्ताले राजधानीमा कुनै पनि सवारी साधनमा तोडफोडको घटना गर्न नपाएको उनले दाबी गरे। चोकचोकमा प्रहरी परिचालन गरिएको र सुरक्षा व्यवस्था समेत कडा पारिएको उनले बताएका छन्।  

'निर्धक्क भएर सवारीसाधन चलाए हुन्छ, प्रहरी सुरक्षा कडा छ', एसएसपी विक्रमसिंह थापाले पहिलोपोस्टसित भने। उनले वैज्ञानिक तवरबाट प्रहरी परिचालन गरिएको दाबी गरे। 'कुनै असुरक्षाको अनुभुती गर्नु पर्दैन', उनले भने। 

राजधानी बाहिरबाट राजधानी भित्रने सवारीसाधन भने चलेका छैनन्। त्यस्तै राजमार्गहरु भने बन्दका कारण सुनसान रहेका छन्। रिङरोडभित्रका सडकमा साझा यातायात लगायत केही ठूला बस र ट्याक्सी, साना सार्वजनिक सवारी भने गुडिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell