PahiloPost

Mar 15, 2025 | १ चैत्र २०८१

​विश्वकप छनोट : इटली र स्पेनको सहज जित, बेल्स र सर्वियाले खेले बराबरी



पहिलोपोस्ट

​विश्वकप छनोट : इटली र स्पेनको सहज जित, बेल्स र सर्वियाले खेले बराबरी

सन् २०१८ मा रसियामा हुने विश्वकपको युरापियन छनोटमा स्पेन र इटलीले सहज जित हात पारेका छन्। 

यस्तै क्रोएसिया, टर्की, युक्रेन, इजरायल र आयरल्याण्डले पनि विजयी भएका छन्। वेल्स भने सर्वियनसँग बराबरीमा रोकिएको छ।

समूह जी अन्तर्गत भएको खेलमा स्पेनले मेसेडोनियालाई ४-० ले पराजित गरेको छ। डार्को भेल्कोस्कीको आत्मघाती गोल मार्फत स्पेनले अग्रता लिएको थियो। स्पेनलाई सहज जित दिलाउन भिटोलो नाचो मोनरेल र अरिट्ज अडुरिजले १/१ गोल गरे।

यस्तै इटलीले पनि लिचेस्टाइनलाई ४-० ले नै हरायो। इटलीको जितमा आन्द्रे बेलोट्टीले २ तथा सिरो इम्मोबाइल र एन्टोनि कान्ड्रेभाले १/१ गोल गरे।

जितपछि समूह जीमा स्पेन र इटलीको समान १० अंक भएको छ। गोल अन्तरमा स्पेन शीर्ष स्थानमा छ भने इटली दोस्रोमा छ। 

यसै समूहको अर्को खेलमा इजयालले ९ खेलाडीमा रहेर खेलको अन्त्य गरेको अल्वानियालाई ३-० ले हरायो। 

इजरायलका लागि एरान जाहाबी, ड्यानियल आइनबाइन्डर र एलिरान अतारले गोल गरे। अल्वानियाका बेराट र एट्रिट दुई खेलाडीले सिधै रातो कार्डको सामना गरेका थिए।

जितपछि इजरायलको पनि ९ अंक भएको छ।

छनोट अन्तर्गत समूह डी को खेलमा वेल्स सर्वियासँग १-१ गोलको बराबरीमा रोकियो। गारेथ बेलको गोलमार्फत वेल्सले पहिले गोल गरेपछि अलेक्जान्डर मिट्रोभिकले सर्वियाका लागि बराबरी गोल फर्काएका थिए।

समूह डीकै अन्य खेलमा आयरल्याण्डले अष्ट्रियालाई १-० ले हरायो भने जर्जिया र मोल्डोभाले १-१ गोलको बराबरी खेले।

जितसँगै आयरल्याण्ड १० अंक जोड्दै समूह डी को शीर्ष स्थानमा उक्लेको छ। यस्तै ८ अंक जोडेको सर्विया दोस्रो तथा ६ अंक रहेको वेल्स तेस्रो स्थानमा छ।

छनोट अन्तर्गत समूह आईको खेलमा क्रोएसिया, टर्की र युक्रेन विजयी भएका छन्। क्रोएसियाले आइसल्याण्डलाई तथा टर्कीले कोसोभोलाई समान २-० ले हरायो भने युक्रेनले फिनल्याण्डलाई १-० ले पराजित गर्यो।

जितपछि क्रोएसिया १० अंकसहित शीर्ष स्थानमा छ भने ८ अंक रहेको युक्रेन दोस्रो स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell