
'बिबिसी अफ्रिकन प्लेअर अफ दि इअर'का लागि ५ खेलाडीको मनोनयन सार्वजनिक भएको छ।
शनिबार बिबिसीले स्पेशल प्रोगाममार्फत ५ खेलाडीको नाम घोषणा गरेको हो। जसमा प्रिमियर लिग खेल्ने ४ खेलाडी परेका छन् भने जर्मन बुण्डेसलिगाबाट एक खेलाडी परेका छन्।
इंगलिस क्लब म्यानचेष्टर सिटीका याया टुरे, गत वर्षको च्याम्पियन लेस्टर सिटीका रियाल महरेज, वेष्टहका आन्द्रे आयु र लिभरपुलका साडियो माने छन् भने जर्मन क्लब बोरुसिया डर्टमण्डका पियेर एमरिक औवामेयाङ छन्।
विश्वभरका फ्यानहरुको भोटको आधारमा विजेताको घोषणा गरिनेछ। नोभेम्बर २८ सम्म आफूलाई मनपरेको खेलाडीलाई भोटिङ गर्न सकिनेछ।
अवार्ड विजेताको घोषणा भने डिसेम्बर १२ मा हुनेछ।
सन् १९९१ बाट प्रदान गर्न सुरु गरिएको यस अवार्डको पहिल्लो विजेता आइभरीकोष्टका याया टुरे हुन्। उनले सन् २०१३ मा पनि यस अवार्ड जितेका थिए। यस्तै घानाका आन्द्रे आयुले पनि २०११ मा यस अवार्ड जितेका थिए।
अल्जेरियाका रियाद महरेज, गावोनका औवामेयाङ र सेनेगलका माने जसले अवार्ड जितपछि पहिलो पटक विजेता बन्नेछन्।
महरेजको यो डेब्यु नोमिनेसन हो भने माने गत वर्ष पनि नोमिनेसनमा परेका थिए।
याया टुरे लगातार आठौं पटक नोमिनेसमा परेका हुन् भने औवामेयाङको यो लगातार चौथो पटक नोमिनेसमा परेका हुन्। आन्द्रे आयुको पनि यो चौथो नोमिनेसन हो।