A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.6ab13a0b9a9144.90027010): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.6ab13a0b9a9144.90027010,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

नारायणी उपक्षेत्रीय अस्पतालको बेथिति : २२ वर्षअघिको दरबन्दीभन्दा कम कर्मचारी, उपचार प्रभावित
PahiloPost

Sep 21, 2026 | ५ असोज २०८३

नारायणी उपक्षेत्रीय अस्पतालको बेथिति : २२ वर्षअघिको दरबन्दीभन्दा कम कर्मचारी, उपचार प्रभावित



राधेश्याम पटेल

नारायणी उपक्षेत्रीय अस्पतालको बेथिति : २२ वर्षअघिको दरबन्दीभन्दा कम कर्मचारी, उपचार प्रभावित

वीरगन्ज : नारायणी उपक्षेत्रीय अस्पताल, वीरगन्जमा २२ वर्षअगाडि कायम दरबन्दीभन्दा पनि कम कर्मचारी काम गर्दै आएका छन्। यसको प्रभाव बिरामीको उपचारमा देखिएको छ।
 
अस्पतालका प्रवक्ता रमेश चौधरीले २०५१ बैसाख ८ गते दरबन्दी कायम गरिएको प्रशासनतर्फका ५४, प्राविधिक तर्फ १२५ गरी १७९ कर्मचारी हुनुपर्नेमा अहिले धेरै कम संख्याका कर्मचारीले काम गर्नु परिरहेको छ।
 
स्वास्थ्य मन्त्रालयअन्तर्गतको यो  दरबन्दी स्वीकृतिसँगै अस्पताल विकास समितिबाट थप १२७ जना दरबन्दी कायम गरिएको थियो। समितिबाट पनि २६ पदमा कर्मचारी नियुक्त हुन सकेको छैन। अस्पतालमा दरबन्दी र कर्मचारी अभावको कारण दैनिक उपचार सेवा पनि प्रभावित बन्दै आएको छ।
 
नारायणी उपक्षेत्रीय वीरगन्ज अस्पताल २ सय शैया स्वीकृत अस्पताल हो। यसलाई ५ शैयाको बनाउने प्रक्रिया अघि बढाइएको छ। तर दुई सयमै यस्तो हालत छ भने ५ शैयाको अस्पताल भएपछि के होला? वीरगन्जका बुद्धिजीवीहरु चिन्ता व्यक्त गर्छन्।
 
पर्सा, बारा, रौतहट, मकवानपुर र भारत विहारबाट आउने बिरामीको चाप बढ्दै गएपछि हाल साढे ३ सय शैयामा अस्पताल सञ्चालन जसोतसो भइरहेको अस्पताल प्रवक्ता चौधरीले बताए। कर्मचारीको दरबन्दीभन्दा पनि कममा दोब्बर बिरामीलाई सेवा प्रदान गर्नु एकदमै चुनौतीपूर्ण कार्य भएको उनी बताउँछन्।
 
अस्पतालमा ११औं तहमा १२ जनाको दरबन्दी छ तर २ जना मात्र कार्यरत छन्।  एक जना मेडिकल सुपरिटेन्डेन्ट डा. रामपरीक्षण यादव र अर्का रेडियोलोजिस्ट डा. विजयराज खनाल बाहेक १० पद लामो समयदेखि रिक्त छ। उपक्षेत्रीय अस्पतालमा लामो समयदेखि पेडियाट्रिसियन, प्याथोलोजिस्ट, मानसिक रोग विशेषज्ञ, सर्जन, जर्नल, सर्जरी, अर्थोपेडिक सर्जन, इएनटी सर्जन, अब्स्ट्रेसियन, एनेस्थेसियोलोजिस्ट, डेन्टल, प्रमुख नर्सको पद रिक्त रहेको छ। यसैगरी नवौं र दसौं तहमा स्वीकृत दरबन्दीभन्दा ६ जना चिकित्सकको पद रिक्त छ भने सातौं र आठौंमा पाँच वटा चिकित्सक पद रिक्त छ।
 
अस्पताललाई प्रशासनभन्दा प्राविधिक कर्मचारीको आवश्यकता रहेकोमा ती कर्मचारीहरूको लामो समयदेखि पद बहाल गरिएको छैन।
 
२२ वर्षदेखि दरबन्दी अनुसारको पदपूर्ति नभए पनि कतैबाट चासो नगरिनु चिन्ताको विषय भएको अस्पतालका प्रवक्ता रमेश चौधरीले बताए। दरबन्दीअनुसार पदपूर्ति गराइए अहिले पनि अस्पतालले आशाप्रद सेवा सुविधा प्रदान गर्न सक्ने उनी बताउँछन्। नारायणी उपक्षेत्रीय अस्पतालमा स्टाफ नर्स ४१ जनाको दरबन्दी छ तर अहिलेसम्म १३ जना मात्र कार्यरत छन्।
 
दरबन्दीअनुसार २८ जना स्टाफ नर्स उपलब्ध हुने हो भने अस्पतालमा गुणस्तरीय सेवा प्राप्त हुने चौधरीको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell