PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

आज बन्द छन् देशभरका अदालत



पहिलोपोस्ट

आज बन्द छन् देशभरका अदालत

काठमाडौँ : नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले आइतबार आयोजना गरेको नेपाल बन्दको सामान्य प्रभाव परेको छ। तर देश भरका अदालत भने आइतबार बन्द छन्।

तर अदालत बन्द हुनुको कारण भने विप्लव नेतृत्वको माओवादीको 'नेपाल बन्द' होइन।

पूर्व प्रधान न्यायाधीश गोविन्दबहादुर श्रेष्ठको निधन भएको शोकमा न्यायलयहरु बन्द भएका हुन्। श्रेष्ठको शनिबार निधन भएको थियो।

ब्रेन ट्युमरका कारण अस्वस्थ रहेका श्रेष्ठको ७७ वर्षीय श्रेष्ठको ललितपुरको सुनाकोठीमा निधन भएको हो। उनको ब्रेन ट्युमरका कारण भारतको मेदान्त अस्पतालमा शल्यक्रिया  गरिएको थियो। उनी विसं २०६०/६१ मा नौ महिना सर्वोच्च अदालतको प्रधान न्यायाधीश भएका थिए।


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell