PahiloPost

Mar 15, 2025 | १ चैत्र २०८१

​तरुण दलमा भागवण्डा मिलाउँदै नेताहरु



पहिलोपोस्ट

​तरुण दलमा भागवण्डा मिलाउँदै नेताहरु

काठमाडौँ : नेपाली कांग्रेसका युवाहरुको संगठन नेपाल तरुण दलको महाधिवेशन अन्तर्गत बन्दसत्र सुरु भएको छ। पोखराको चिप्ले ढुंगामा शनिबार उद्घाटन भएको माहाधिवेशनको बिहान ११ बजे देखि बन्दसत्र सुरु भएको हो।

महाधिवेशनमा देशभरबाट १४ सय प्रतिनिधि सहभागि छन्। बन्दसत्रले विधान संशोधन, संगठनात्मक प्रतिवेदन तथा राजनीतिक कार्यक्रम तय गनेछ। तर नेतृत्व चयन भने राजनीतिक भागवण्डाबाट तय गर्न नेताहरु जुटेका छन्।

पार्टीको १३ औँ महाधिवेशन पछि भएका विद्यार्थी संघ र महिला संघको महाधिवेशनमा निर्वाचनबाटै नेतृत्व चयन भए पनि तरुण दलमा भने नेताहरुको भागवण्डाका आधारमा टुंग्याउने कसरत गरेका हुन्।

रामचन्द्र पौैडेल र शेरबहादुर देउवाबीच पदको भागवण्डा मिलाउन संयन्त्र निर्माण भएको छ। संयन्त्रमा शेरबादुर देउवा पक्षबाट बालकृष्ण खाँड, सुरेन्द्रराज पाण्डे लगायत छन् भने पौडेल पक्षबाट हृदयराम थानी, रामकृष्ण यादव र सरिता प्रसाइँ छन् भने सिटौला पक्षबाट प्रदिप पौडेल रहेका छन्।  संयन्त्रले मिलाउने खाका प्रस्तुत गरेपछि त्यही खाकाका आधारमा तरुण दलको नयाँ नेतृत्व चयन हुने छ। 

नजिकिदै गरेको स्थानीय चुनाव र पार्टी भित्र एकताको आवस्यकताका कारण सर्वसम्मतिबाटै नेतृत्व चयनको प्रयास गरेको पौडेल पक्षले जनाएको छ। देउवा पक्षले भने विगतमा नै‌ पौडेल पक्षले बैधानिकताको प्रश्न उठाएर महाधिवेशन बहिस्कारको चेतावनी दिएकाले दुइनेताबीच काठमाडौमै सर्वसम्मितबाट नेतृत्व चयनको सहमति भएको जनाएको छ।

महाधिवेशनमा चुनावी प्रक्रिया हुने नहुने अन्यौलकै कारण तयारीका लागि कांग्रेस केन्द्रीय कार्यालयका कर्मचारी समेत पोखरा गएका छैनन्।
पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेल र सचिव प्रदीप पराजुलीसहित केही कर्मचारी सहभागिताका लागि मात्र पोखरा गएका छन्।

कर्मचारीहरुले महाधिवेशन प्रतिनिधिहरुको व्वस्थापन देखि चुनावी प्रक्रियामा जिम्मेवारी लिने गर्छन्। यसअघि विद्यार्थी संघ र महिला संघको महाधिवेशनमा पनि पार्टी कार्यालयका कर्मचाहीहरुले नैं महाधिवेशनका सम्पूर्ण काम गरिदिएका थिए।

नेतृत्वका लागि नेताहरुको कसरत

कसरत अनुसार सभापति शेरबहादुर देउवा पक्षले अध्यक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेलले महासचिव लिने समझदा।री भए पनि नेता कृष्ण प्रसाद सिटौला पक्षले विगतका भातृ संस्थाका अधिवेशनमा झै चुनावमै जानु पर्ने भन्दै सभापति देउवालाई दवाव दिइरहेको छ।

देउवा प्यानलसँग एलाइन्स गरेर चुनावमा जाँदा पौडेलपक्षको कमजोर हुने र आफ्नो नेतृत्वमा पक्कड हुने निस्कर्षमा रहेको सिटौला पक्ष भने निर्वाचनबाटै नेतृत्व चयन हुनुपर्ने भन्दै लागि रहेको छ।

सभापति शेरबहादुर देउवा पोखरास्थित राष्ट्र बैक गेस्टहाउसमा र वरिष्ठ नेता रामचन्द्र पौडेल होटल ग्राण्डमा बसेर आफ्ना पक्षका कार्यकर्तालाई मिलाउने प्रयत्नमा जुटीरहेका छन्। दुबै पक्षले आफ्ना निकटकाहरुलाई बोलाएर सर्वसम्मतिमा सहयोग गर्न र अनावश्यकरुपमा प्रस्तुत नहुन आग्रह गरिरहेका छन्।

सभापति शेरबहादुर देउवाले यस अघि नेविसंघ महाधिवेशनमा अध्यक्षका दावेदार जीतजंग बस्नेतलाई अध्यक्ष बनाउन लागेका छन्। वरिष्ठ नेता पौडेलले एक महासचिव बनाए भूपेन्द्रजंग शाहीलाइ बनाउने तयारीमा छन् ।

एक मात्र महासचिव बनाउने अवस्थामा सिद्धार्थलाई उपाध्यक्षमा लैजाने तयारी छ। सिद्धार्थलाई बनाउने विषयमा पौडेल भन्दा बढि शेरबहादुर देउवा सकारात्मक भएकाले उनलाई कुनै न कुनै पदमा आउन सहज अवस्था देखिएको छ।

कोषाध्यक्षमा सिटौला पक्षलाई ल्याउने तयारी भए पनि सिटौलाले दुई मध्ये एक महाचचसिव आफ्नो पक्षको हुनुपर्ने दावी गरेका छन्।

तरुण दलको यस अघि पदाधिकारी र खुल्ला तर्फ निर्वाचित हुने १० केन्द्रीय सदस्य सहित ४३ जनाको केन्द्रीय समिति रहने प्रावधान रहेको थियो।

अहिले खुल्ला तर्फ २०, पहिले अञ्चलबाट एक एक जना निर्वाचित हुने व्वस्था संशोधन गरी प्रदेशबाछ एक महिला सहित तीन निर्वाचित हुने तथा महिला आदिवासी जनजाति, मधेसी, दलित तथा अल्पसंख्यकबाट निर्वाचित हुने गरी ७५ सदस्यीय केन्द्रीय समिति हुने गरी तयारी थालिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell