.jpg)
चीनमा योङ ज्याकमा रुपमा परिचित फान जियोकिनले अहिले अलिबाबाका फाउण्डर रियल ज्याक मा मन जितेका छन्। त्यसैको फलस्वरुप रियल ज्याकमाले उक्त बालकलाई आर्थिक सहयोग गर्ने भएका छन्।
६ वर्षे फान मिनी ज्याक मा पूर्वी चीनको जिएङसी प्रान्तस्थित योङफेङ काउन्टिमा बस्छन्।
फानको पारिवारिक अवस्या एकदमै दयनिय छ। उनको आमा पोलियो आइलेटिस रोगबाट ग्रस्त छन् भने बुबाको एउटा खुट्टा छैन। यस्तै हजुरआमा अल्जाइमर रोगले पीडित छन्।
गत वर्ष गाउँलेहरुले मिनि ज्याक मा का बारेमा अनलाइनलमा एउटा भिडियो पोष्ट गरेपछि उनी चर्चामा आएका थिए।
इन्टरनेटमा भाइरल भएका बालक रियल ज्याक मा जस्तो देखिएको भनेर चर्चा भएको थियो।
त्यसपछि इन्टरनेट युजरहरुले फानको पारिवरिक अवस्थाका कारण उनलाई रियल ज्याक मा ले सहयोग गर्नुपर्ने जोड दिएका थिए।
फोटो भाइरल भएपछि रियल ज्याक मा को पनि ध्यान पनि बालकमा पर्यो। उनले आफु र उक्त बालक बीच समानता देखेको मात्र बताएनन् सहयोगका लागि तयार रहेको समेत खुलाए। त्यसपछि ज्याक माले घोषण गरे - युनिभर्सिटीबाट ग्याजुएट नहुन्जेलसम्मको लागि मिनी ज्याक मा को लागि आर्थिक सहयोगको प्याकेज।
को हुन् ज्याक मा
घरको फ्ल्याटबाट विजनेश सुरु गरेको ज्याक मा को कम्पनी अलिबाबा अमेरिकी स्टक बजारमा सूचिकृत छ। उनको कम्पनीको पुँजी १२ अर्ब डलर छ।आफै सामान्य आर्थिक स्थितिबाट गुज्रिएको परिवारमा हुर्किएका हुन् ज्याक मा ले कुनै दिन खर्बपती हुने गरी सफलता प्राप्त गर्ला भनेर कसैले सोचेकासम्म थिएनन्। ४९ बर्षिय मा, स्कुले जीवनमा न्यून अंक हासिल गर्थे तर अंग्रेजी बिषयमा भने उनी सानैदेखि अब्बल थिए।
उनले पछि गएर अंग्रेजी शिक्षकको रुपमा काम पाए । सन् १९९४ मा उनी उद्यमी भएर अमेरिका भ्रमणमा गए।
अंग्रेजी बिषयप्रतिको अब्बल उनका लागि त्यहि रुचीले सुनौलो जीवनको ढोका खोलिदियो। सन् २००० मा उनले जापानको सफ्टबैंक कर्पोरेसनमा छ मिनेट प्रवचन दिए। उनको त्यहि प्रवचले उनलाई दुई करोड डलर बराबरको लगानी बैंकले ग्यारेण्टो गरिदियो।
सन् १९९९ माइ इन्टरनेट सम्बन्धि ससाना व्यापार प्रयास पश्चात् मध्यम तथा साना इन्टर प्राइजेजले चाहेको ठाउँमा व्यापार गर्न सजिलो बनाउने उद्देश्यले अन्य १७ जना सह(संस्थापकसंग मिलेर माले अलिबबाको सुरुवात गरेका थिए ।
बिजिनेस टु बिजिनेस (बिटुबि) अनलाइन प्ल्याटफर्म सुबिधा प्रदान गर्ने अलिबाबाले चिनियाँ सप्लायर र अन्तरास्ट्रिय खरिदकर्तावीच सूचनाको खाडल पुरिदियो जसले गर्दा अलिबबा आश्चर्यजनक ठुलो इ-कमर्स समूह बन्न सफल भयो । यसले एमाजोन, ई-बे र पेपल सबैको सामूहिक काम एकै ठाउँमा गर्न थाल्यो।