
बलिउडमा आफ्नो नाक सुन्दर बनाउन कलाकारहरु विभिन्न कस्मेटिक्स र सर्जरीको प्रयोग गर्छन्। नाक राम्रो बनाउने होडमा पैसा खर्च गर्छन्।
तर शाहरुख खान भन्छन् - भद्दा नाककै काण म सफलताको शिखरमा पुगेँ।
शाहरुख खानको बलिउडमा २५ बिताइसकेका छन्। त्यसै अवसरमा समर खानले आफ्नो किताब 'एसआरके ट्वान्टी फाइभ इयर्स अफ लाइफ' नामक किताब लेखेका छन्।
पुस्तक सार्वजनिक गर्ने कार्यक्रममा शाहरुखले भने - जब म हेमा मालिनीसँग 'दिल आसना है' चलचित्र खेल्दै थिएँ तब उहाँले मलाइ भन्नु भएको थियो, तिमीलाइ फिल्महरु तिम्रो ठूलो नाककै कारण दिइरहेका छन्। किनकी तिम्रो नाक अरुको भन्दा फरक छ।'
त्यस घटनापछि हेमाजीलाइ आफूले लुकाउँदै हिँड्ने नाक मनपर्ने शाहरुखले थाहा पाए।
भने - हेमाजी जस्तो ड्रिम गर्लको कम्लिमेन्ट निकै कम मान्छेलाइ पाउँछन्। म त्यो भाग्यमानि थिएँ जसले उनको तारिफ पाएँ।
त्यसपछि शाहरुखले आफ्नो नाक कहिल्यै लुकाएनन्।
शाहरुख खानको यसअघिका दुइ चलचित्र दिलवाले र फ्यान बक्स अफिसमा फल्प भएको बिबिसी हिन्दीले जनाएको छ। अब उनको फिल्म डियर जिन्दगी यहि महिना सार्वजनिक हुँदैछ।