PahiloPost

Mar 15, 2025 | १ चैत्र २०८१

सन्दीप पुन: फर्स्ट ग्रेडमा फर्के, ब्याङ्क्सटाउन विरुद्ध लिए ३ विकेट



पहिलोपोस्ट

सन्दीप पुन: फर्स्ट ग्रेडमा फर्के, ब्याङ्क्सटाउन विरुद्ध लिए ३ विकेट

अष्ट्रेलियाको पूर्व वान डे वर्ल्ड कप विनिङ कप्तान माइकल क्लार्कको निमन्त्रणमा क्रिकेट खेल्न अष्ट्रेलियामा रहेका नेपाली युवा स्टार सन्दीप लामिछानेले पुन: फर्स्ट ग्रेडमा खेल्दै ३ विकेट लिएका छन्।

न्यु साउथ वेल्सको प्रिमियर ग्रेड क्रिकेट खेल्न पुगेका सन्दीपले वेस्टर्न सुबर्बस खेलेको ए ग्रेडको पहिलो खेलमा एक विकेट लिएपनि पछिल्ला दुई खेलमा विकेट लिन नसकेपछि उनलाई बी ग्रेडमा झारिएको थियो। 

उनले बी ग्रेडमा उत्कृष्ट प्रदर्शन गर्दै एक्लै ६ विकेट लिएपछि पुन ए ग्रेडमा बढुवा गरिएको थियो।

ए ग्रेडमा ब्याङ्कसटाउन विरुद्धको खेलमा सन्दीपले ३ विकेट लिएका हुन्। उनले पहिलो इनिङमा १८ ओभर बलिङ गर्दै कुनै मेडन नराखी १०३ रन खर्चेर ३ विकेट लिएका हुन्।

सन्दीपले ३ तथा कप्तान जेडी कुकुले ४ विकेट लिएपनि पहिलो इनिङमा उनी खेल्ने वेस्टर्न सुबर्बस ब्याङ्कसटाउनसँग पराजित भएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell