रत्ननगर (चितवन) : चितवनको खैरहनीमा भएको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ।
आइतबार पूर्वी चितवनको खैरहनी नगरपालिका–७ स्थित पूर्व-पश्चिम राजमार्गमा दुई मोटरसाइकल जुध्दा मोटरसाइकलमा सवार तीन जना गम्भीर घाइते भएका थिए।
घाइतेमध्ये मकवानपुर मनहरी–७ की ३० वर्षीय सागुनी पुलामीको उपचारका क्रममा भरतपुर मेडिकल कलेजमा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ।
खैरहनीमा पूर्वतर्फ जाँदै गरेको ना ३५ प १८५१ नम्बरको मोटरसाइकललाई ना ३२ प ६३३० नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिँदा सो दुर्घटना भएको हो।
घटनामा १८५१ नम्बरको मोटरसाइकलको पछाडि बसेकी पुलामीको ज्यान गएको प्रहरीले जनाएको छ।
उनका श्रीमान् ३८ वर्षीय दिलबहादुर पुलामी र अर्का मोटरसाइकलका चालक चितवन खैरहनीका ५० वर्षीय भजना महतोको अहिले सोही कलेजमा उपचार भइरहेको छ।रासस