PahiloPost

Jun 10, 2025 | २८ जेठ २०८२

भारतीय नम्बरप्लेटको गाडीमा फेला पर्‍यो ६६ किलो लागुऔषध चरेस, तीन जना पक्राउ



पहिलोपोस्ट

चितवन : चितवनमा लागुऔषध चरेस सहित तीन जना पक्राउ परेका छन्।
 
चितवनको रामनगरबाट प्रहरीको विशेष टोलीले  सवारी चेकजाँच गर्ने क्रममा भारतीय नम्बर प्लेटको टाटा सुमोको डिक्कीमुनि फल्स बटम बनाई लुकाई ल्याएको अवस्थामा ६६ किलो प्रतिबन्धित लागुऔषध चरेस फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। एक किलो र आधा किलो तौल भएको प्याकेटमा रहेको सो चरेस बरामद गरी ओसारपसारमा संलग्न गाडीलाई समेत नियन्त्रणमा लिइएको छ।
 
प्रकाउ परेकाहरुलाई लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले बताएको छ। चितवन र वीरगन्जबाबाट खटिएको प्रहरी टोलीले मुग्लिनबाट आएको टाटा सुमोलाई नियन्त्रणमा लिई सो परिणामको सामान बरामद गरेको हो।
 
बी आर ५५३०७० नम्बरको सो भारतीय टाटा सुमो चेकजाँचको लागि रोक्न खोज्दा भागेपछि पिछा गरी केही पर पानीट्याङकी ओरालोमा प्रहरीले नियन्त्रणमा लिएको थियो। प्रकाउ पर्नेमा चालक भारत मोतीहारी केशरियाका २५ वर्षीय चुनु तिवारी, सोही जिल्ला चकिया बस्ने २६ वर्षीय चन्दन कुमार त्रिपाठी र मोतीहारीकै २८ वर्षीय सुधिरकुमार दुवे रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell