PahiloPost

Mar 15, 2025 | १ चैत्र २०८१

हतियारधारी समूह र प्रहरीबीच रौतहटमा दोहोरो फायरिङ, एकको मृत्यु अर्का घाइते



पहिलोपोस्ट

काठमाडौं : हतियारधारी समूह र प्रहरीबीच आज बिहान रौतहटको देवाहीमा दोहोरो गोली हानाहान भएको छ। घटनामा हतियारधारी समूहका एक जनाको मृत्यु भएको छ भने एक प्रहरी जवान घाइते भएका छन्।
 
बिहानै हतियार बोकेर गाउँ आएको अज्ञात समूहबारे सूचना पाएपछि पुगेको प्रहरी टोलीमाथि सो समूहले अचानक फायरिङ गरेको थियो। जवाफी फायरिङका क्रममा एक जनाको मृत्यु भएको रौतहटका डिएसपी नवीनकृष्ण भण्डारीले जानकारी दिए। करिब ३५/४० वर्षका उनको पहिचान खुल्न सकेको छैन। घटनामा प्रहरी जवान सुरेन्द्र चौधरी घाइते भएका छन्।

घटनास्थलबाट प्रहरीले इन्सास राइफल एक थान, त्यसैमा लाग्ने गोली १५ राउन्ड, इटालियन पेस्तोल एक थान र कटुवा पेस्तोल एक थान बरामद गरेको छ। हतियारधारी कति संख्यामा थिए भन्नेबारे खुल्न नसकेको र थप अनुसन्धान भइरहेको डिएसपी भण्डारीले बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell