
अमेरिकी एनबिए साइड क्लेभल्याण्ड काभालिएर्स विश्वमा सबैभन्दा बढी तलब दिने स्पोर्टस् टीम बनेको छ।
गत वर्ष सूचीको २३ औं नम्वरमा रहेको बास्केटबल टीमले यस पटक सबैलाई उछिनेको हो।
स्पोर्टिङ इन्टेलिजेन्सले विश्वका १७ धनी स्पोर्टस् लिगका १० हजार खेलाडी र ३३३ स्पोर्टस् टीममा सर्भे गरेपश्चात् सूची सार्वजनिक गरेको हो।
क्लेभल्याण्ड काभालिएर्सले वार्षिक ७.९ मिलियन युरो खेलाडी खेलाडीको तलबमा खर्च गर्नेछ।
यस्तै मेजर लिग बेसबल साइल न्युयोर्क यान्किज दोस्रो स्थानमा छ।
सूचीको शीर्ष १० मा विश्व फुटबलका तीन क्लब मात्र परेका छन्। जसमा प्रिमियर लिग साइड म्यानचेष्टर युनाइटेड र म्यानचेष्टर सिटी तथा स्पानिस क्ल बार्सिलोना छन्।
वार्षिक ७ मिलियन युरो तलब दिने युनाइटेड चौथो स्थानमा छ भने ६.८ मिलियन युरो खर्चने बार्सिलोना पाँचौं स्थानमा छ। यस्तै म्यानचेष्टर सिटी नवौं स्थानमा छ।
शीर्ष १० मा एनबिएका ६ टीम, फुटबल ३ टीम तथा बेसबलका १ टीम छन्।