
काठमाडौँ : मधेस केन्द्रित दलहरुले आज पनि संसद बैठक बहिस्कार गरेका छन्। संविधान संशोधन विधेयक संसदमा नल्याइएको भन्दै दलहरुले संसद बैठक बहिस्कार गरेका हुन्।
सद्भावना पार्टी संसदीय दलका नेता लक्ष्मणलाल कर्णले सरकारलाई पटकपटक सयम दिँदा समेत संविधान संशोधनमा ध्यान नदिएको बताए।
'जबसम्म यो सरकारले संशोधनको काम पूरा गर्दैन तबसम्म संसदको बैठकका भाग लिदैँनौँ',' उनले भने, 'अहिलेसम्म बहिस्कार मात्र गरेका छौँ, त्योभन्दा कडा कार्यक्रम गर्छौँ।'
उनले कात्तिक मसान्तभित्र संविधान संशोधन नआए सडक आन्दोलन समेत गर्ने चेतावनी दिए।
कर्णले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार गठनका बेला आफूहरुले मन्त्री बनाउन र झण्डा हल्लाउन मात्रै भोट नदिएको बताए।
'हामीले संविधान संशोधन होस् र संविधान कार्यान्वयन होस्। देशमा शान्ति आओस् भनेर भोट गरेको हो', उनले भने।
संघीय सजमावादी फोरम नेपाल, तमलोपा, सद्भावना, तमसपा, फोरम गणतान्त्रिक लगायतका दलले आजको संसद बैठक बहिस्कार गरेका हुन्।