PahiloPost

Jan 5, 2025 | २१ पुष २०८१

गठबन्धनले सरकारलाई दियो १५ दिने अल्टिमेटम, संविधान संशोधन प्रस्ताव दर्ता नगरे आन्दोलन



पहिलोपोस्ट

गठबन्धनले सरकारलाई दियो १५ दिने अल्टिमेटम, संविधान संशोधन प्रस्ताव दर्ता नगरे आन्दोलन

काठमाडौं : संविधानप्रति असन्तुष्ट रहँदै आएको मधेसी मोर्चासम्बद्ध संघीय गठबन्धनले आफ्ना माग पूरा गर्दै संविधान संशोधन प्रस्ताव दर्ता गराउन सरकारलाई १५ दिने अल्टिमेटम दिएको छ।
 
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आज एक स्मरणपत्र बुझाउँदै गठबन्धनमा रहेका दलले आफूहरुसँग भएका सहमतिअनुरुप संविधान संशोधन प्रस्ताव दर्ता गर्नुपर्ने बताएका छन्।
 
सरकार गठनका बेला नेपाली कांग्रेस र माओवादी केन्द्रले मधेसी मोर्चा र संघीय गठबन्धनसँग गरेको सहमति पालना नभएको र अहिलेसम्म संविधान संशोधन प्रस्ताव दर्ताबारे आलटाल गरिएकाले सरकारलाई स्मरण गराउनुपरेको गठबन्धनका संयोजक उपेन्द्र यादवले बताए।
 
समस्या समाधान गर्न आफूहरुको सहमतिका आधारम १५ दिनभित्र संविधान संशोधन विधेयक संसदमा दर्ता गराउन गठबन्धनले माग गरेको छ।  'सो अवधिभित्र उक्त कार्य सम्पादन नभएको खण्डमा हामी पुनः आन्दोलनमा जान बाध्य हुने व्यहोरा जानकारी गराउदछौं,' मोर्चाका संयोजक यादवद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ।
 
गठबन्धनले संयुक्त आन्दोलनको महत्वपूर्ण उपलब्धिका रुपमा केपी ओली सरकारको 'पतन'लाई पनि पत्रमा उल्लेख गरेको छ।
 
पत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले गठबन्धनको आग्रह बमोजिम १५ दिनभित्र संविधान संशोधन विधेयक संसदमा दर्ता गरिने प्रतिबद्धता जनाएका छन्। 

यस्तो छ, स्मरणपत्र-



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell