PahiloPost

Mar 15, 2025 | १ चैत्र २०८१

लोकमान बचाउमा एकाएक देखापरे कांग्रेस सांसद, यस्ता छन् बस्नेतका ४ तर्क



पहिलोपोस्ट

काठमाडौं : अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा कात्तिक ३ गते दर्ता भएको महाभियोग प्रस्तावमाथि छलफल जारी छ। यसबीचमा विभिन्न दलका सांसदहरुले महाभियोगका पक्षमा आफ्नो धारणा राख्दै आएका छन्।
 
नेकपा माओवादी केन्द्र र नेकपा एमालेका १५७ सांसदले हस्ताक्षर गरी प्रमुख आयुक्त कार्कीविरुद्ध महाअभियोग प्रस्ताव बुझाएका थिए। आजको संसद बैठकमा भने नेपाली कांग्रेसका सांसद मोहन बस्नेत एकाएक महाभियोग प्रस्तावको विपक्षमा देखापरे। अख्तियार प्रमुख कार्कीलाई महाभियोग लगाउनु गल्ती भएको भन्दै उनले ४ तर्क समेत प्रस्तुत गरे।
 
प्रस्तावमाथिको छलफल क्रममा कतिपय सांसदले कार्कीलाई 'भष्मासुर' तथा 'साँढे'को संज्ञा दिएकोमा आपत्ति जनाउँदै उनले भने, 'उहाँ अख्तियार प्रमुख नै हो। तर म नाम लिन चाहन्न।'
 
लोकमान बचाउमा लागेका बस्नेतका यस्ता छन् तर्क-

१. महाभियोग प्रस्ताव दर्ता नै विधिसम्मत छैन। प्रस्ताव दर्ता भइसकेपछि मात्रै महाभियोग समिति गठन गरिएको छ यो गलत हो।
  
२. कार्यशैली मात्र गलत भनिएको छैन उहाँको योग्यतामाथि पनि प्रश्न उठाइयो।  त्यस बेला के योग्य देख्नुभयो उहाँलाई र अहिले के देखेर अयोग्य भन्दै हुनुहुन्छ? नियुक्तिका बेला योग्य नदेख्नेलाई कारबाही हुने कि नहुने?
 
३. महाभियोग पारित गर्नका लागि दुई तिहाई चाहिएला तर सत्ता साझेदारलाई पनि थाहा नदिई प्रस्ताव ल्याइएको छ। यसले हामीलाई तर्साउन खोजिएको हो?
 
४. महाभियोग दर्तासँगै पदबाट ठाडै निलम्बन गरिएको छ। यो गलत प्रक्रिया हो, यसले भविष्यमा संवैधानिक संकट निम्त्याउँछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell