
काठमाडौँ : नेकपा माओवादी केन्द्रका सांसद भक्तिप्रसाद पाण्डेको निधन भएको छ।
लामो समयदेखि क्यान्सरबाट पीडित पाण्डेलाई दुई साताअघि नेपाल क्यान्सर अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। रुपन्देही स्थायी घर भएका उनी ललितपुर बस्दै आएका थिए। २०२६ सालदेखि सक्रिय राजनीतिमा लागेका पाण्डेले पटकपटक बन्दी जीवन पनि बिताएका थिए।
नेकपा माओवादी केन्द्रका समानुपातिक तर्फका सांसद पाण्डेका दुई छोरी र एक छोरा छन्।