PahiloPost

Mar 15, 2025 | १ चैत्र २०८१

टुरिस्ट भिसामा नेदरल्यान्डस् पठाउने भन्दै १३ लाख ठग्ने पक्राउ



पहिलोपोस्ट

काठमाडौं : वैदेशिक रोजगारीमा लैजाने भन्दै मोटो रकम ठगी गरेर फरार एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।
 
बाग्लुङ स्थायी घर भई काठमाडौंको गोंगबु बस्दै आएका ४४ वर्षीय कृष्णप्रसाद कँडेल पक्राउ परेका हुन्। बाबुराम खरेलको जाहेरीको आधारमा काठमाडौं जिल्ला अदातले कँडेललाई तीन वर्ष कैद र तीन लाख रुपैयाँ जरिवना ठहर गरेको थियो।
 
२०६७ फागुनमा टुरिस्ट भिसामा थाइल्याण्डको बैककसम्म पुर्‍याएर नेदरल्याण्डको भिसा लगाउने भन्दै कँडेलले खरेलबाट १३ लाख रुपैयाँ ठगी गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell