PahiloPost

Jun 10, 2025 | २८ जेठ २०८२

ट्रम्प र सि जिनपिङबीच टेलिफोन वार्ता, चाँडै भेटघाट हुने



पहिलोपोस्ट

ट्रम्प र सि जिनपिङबीच टेलिफोन वार्ता, चाँडै भेटघाट हुने

बेइजिङ : चिनियाँ राष्ट्रपति सि जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सोमबार भएको टेलिफोन कुराकानीमा दुवैबीच चाँडै भेटवार्ता हुने चिनियाँ राष्ट्रिय टेलिभिजन प्रसारण सिसिटिभीले जनाएको छ।  
 
मुख्यतया, यस भेटघाटमा दुई शक्तिराष्ट्रबीच आपसी सम्बन्धको विस्तार र विकासका सम्बन्धमा छलफल हुने जनाइएको छ।
 
ट्रम्पले आफ्नो निर्वाचन अभियानका क्रममा असंस्कृत रुपले 'एसियाको हात्ती, अमेरिकाको दुस्मन' जस्ता तिता शब्दबाबाट चीनउपर लान्छना लगाउँदै आएका थिए। अमेरिकाले चीनबाट आयात गर्ने वस्तुमा ४५ प्रतिशतसम्म भन्सार तथा कर महसुल लगाउने समेत उनले चेतावनी दिएका थिए।
 
निर्वाचनअघिका कुरा बिर्सिई विश्व अर्थतन्त्रका दुई सम्पन्न राष्ट्रबीच सहयोग आदानप्रदान हुने थुप्रै सम्भावना रहेको समेत दुई नेताबीच सोमबार भएको टेलिफोन वार्तामा चिनियाँ राष्ट्रपति सिले बताएको सिसिटिभीले उल्लेख गरेको छ।
 
टेलिफोन कुराकानीमा ट्रम्पले अमेरिकाका लागि चीन एक विशाल महत्व बोकेको राष्ट्र भएकोले चीनसँग सहकार्य गर्न आफू सदैव इच्छुक रहेको, चीन–अमेरिका आपसी सम्बन्ध र दुवै पक्षको जित हुने रणनीतिमा विश्वास राख्ने बताएका थिए।
 
निर्वाचन अभियानका क्रममा चीनउपर अतिशयोक्ति गरी आलोचना गर्ने  ट्रम्प नै राष्ट्रपति पदमा आएपछि दुई देशबीच मडारिन लागेको अनिश्चिततालाई टेलिफोन वार्ता र शीघ्र भेटघाटको प्रतिबद्धताले अलिकति भए पनि सकारात्मक सङ्केत देखाएको जनाइएको छ।रासस/एएफपी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell