PahiloPost

May 5, 2026 | २२ बैशाख २०८३

संसदमा महाभियोगमाथि छलफल, बाहिर लोकमानको पक्षमा प्रदर्शन

संसदमा महाभियोगमाथि छलफल, बाहिर लोकमानको पक्षमा प्रदर्शन

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : संसदमा अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध दर्ता भएको महाभियोग प्रस्तावमाथि छलफल भइरहँदा माइतीघरमा भने लोकमानको पक्षमा प्रदर्शन भएको छ।
 
पुरानो शक्ति अभियानले आज माइतीघरमा भ्रष्टाचारविरुद्ध र लोकमानको पक्षमा र्‍याली निकालेको हो। राजनीतिक दलहरु भ्रष्टाचारको चंगुलमा परेको, सम्पत्ति छानबिन आयोग गठन, राजनीतिक भागबण्डाका आधारमा गरिएको नियुक्ति खारेजी लगायतको माग गर्दै उनीहरुले प्रदर्शन गरे। कार्कीमाथि लगाइएको महाअिभयोगको प्रस्ताप समेत फिर्ता लिनुपर्ने भन्दै सहभागीले नाराबाजी पनि गरे।
 
पुरानो शक्ति अभियानका संयोजक बालकृष्ण न्यौपानेले राजनीतिक दलका नेताहरुले आफूले गरेको भ्रष्टाचार छोप्न लोकमानलाई महाभियोग प्रस्ताव दर्ता गरिएको आरोप लगाए। उनले भने, 'अख्तियारले समात्ने डरले महाभियोग प्रस्ताव दर्ता गरिएको हो। यो फिर्ता लिइनुपर्छ।'


ट्रेन्डिङ पोस्ट

Ncell