PahiloPost

Jun 19, 2025 | ५ असार २०८२

दुई महिनादेखि साउदीमा अलपत्र नेपालीको शव स्वदेश ल्याउन प्रधानमन्त्रीको निर्देशन



पहिलोपोस्ट

दुई महिनादेखि साउदीमा अलपत्र नेपालीको शव स्वदेश ल्याउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई महिनाअघि साउदी अरेबियाको दमाममा मृत्यु भएका बाँकेका मोहमद अकबर हलवाईको शव नेपाल ल्याउने व्यवस्था गर्न परराष्ट्र मन्त्रालयमार्फत् साउदी अरेबियाका लागि नेपाली दूतावासलाई निर्देशन दिएका छन्।

परराष्ट्र सचिव शंकरदास वैरागीलाई फोन गरी प्रधानमन्त्रीले नेपालगन्ज–४, बाँकेका हलवाईको शव तुरुन्तै नेपाल ल्याउन निर्देशन दिएका हुन्।

प्रधानमन्त्रीको निर्देशन लगत्तै परराष्ट्र सचिव वैरागीले नेपालका लागि साउदी अरेबियाका कार्यवाहक राजदूत आनन्द शर्मालाई टेलिफोन गरी शव नेपाल ल्याउनेबारे प्रधानमन्त्रीको निर्देशन अवगत गराएका छन्।
 
कार्यवाहक राजदूत शर्माले हलवाईको शव नेपाल ल्याउने व्यवस्था गर्न दूतावासले तुरुन्तै प्रक्रिया अगाडि बढाउने र तीन-चार दिनभित्रै शव नेपाल आउने विश्वास दिलाएको प्रधानमन्त्री सचिवालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell