PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

घाँस काट्न जंगल गएका श्रेष्ठको बाघको आक्रमणबाट मृत्यु



पहिलोपोस्ट

नवलपरासी : बाघको आक्रमणबाट नवलपरासीमा एक जनाको मृत्यु भएको छ।
 
कावासोतीस्थित शिव सामुदायिक वनको रातमाटे जङ्गलमा घाँस काट्न गएका कावासोती– ११ बुढौलीकुना बस्ने ४५ वर्षीय डिलबहादुर श्रेष्ठको बाघको आक्रमणबाट मृत्यु भएको हो।
 
जङ्गलमा घाँस काट्न भनी सोमबार बिहान घरबाट निस्केका श्रेष्ठ राति जङ्गलमा मृत अवस्थामा फेला परेका थिए। श्रेष्ठको शव बाघको आक्रमणबाट क्षतविक्षत अवस्थामा फेला परेको थियो।रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell