PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

खैरो हेरोइनसहित तीन जना पक्राउ



पहिलोपोस्ट

खैरो हेरोइनसहित तीन जना पक्राउ

चन्द्रौटा (कपिलवस्तु) : कपिलवस्तुको बाणगङ्गा–१३ लक्ष्मणघाटबाट खैरो हेरोइन लागुऔषधसहित प्रयोगकर्ता तथा बेचबिखन गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
 
विशेष सुराकीका आधारमा तथा अनुसन्धानबाट १५ दिन लगाएर इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक विष्णुप्रसाद पोखरेलको नेतृत्वमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।
 
पक्राउ पर्नेमा बाणगङ्गा निग्लीहवा–४ का विजय पासवान, सोही स्थानका मनिराम पासवान र जगजीवन पासवान रहेका छन्। ५ दशमलव ७५ ग्राम खैरो हेरोइन लागुऔषधसहित उनीहरुलाई प्रहरीले पक्राउ गरी लागुऔषध मुद्दा चलाई अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पोखरेलले बताए।
 
उनीहरु लागुऔषध प्रयोग गर्नेसहित यस क्षेत्रमा बेचबिखन समेत गर्दै आएको पाइएको प्रहरीले बताएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell