कपिलवस्तु : कपिलबस्तुको बाणगङ्गा–४ गोगापुर निवासी वीरुबहादुर थापा हराएको महिना दिन बित्न लाग्दा पनि अझै भेट्टिएका छैनन्।
कामता माध्यमिक विद्यालय करैलीयामा कार्यरत शिक्षक थापा कात्तिक ३ गतेदेखि सम्पर्कमा नआएपछि अहिले उनको विद्यालय परिवार र घरपरिवार चिन्तामा परेको छ।
कात्तिक ३ गते बिहान विद्यालय जान्छु भनी घरबाट हिँडेका उनी विद्यालयमा समेत सो दिन नआएको विद्यालयका प्रधानाध्यापक चोलानाथ ज्ञवालीले बताए।
थापाको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ।