PahiloPost

Nov 15, 2024 | ३० कात्तिक २०८१

साकार सपना : द क्रष्ट, स्पोर्टसको मज्जा लिँदै अमेरिकी पिज्जाको स्वाद



उमेश पौडेल

साकार सपना : द क्रष्ट, स्पोर्टसको मज्जा लिँदै अमेरिकी पिज्जाको स्वाद

काठमाडौं : काठमाडौँमा जाडो बढिसकेको छ। युरोपमा इङ्लिस प्रिमियर लिग, ला लिगा, सिरी ए, बुन्डेस लिगादेखि च्याम्पियन्स लिग फुटबल चालू छन्। देश विदेशमा क्रिकेटका पनि विभिन्न प्रतियोगिता चलिरहेकै छन्। जुन, प्रतियोगिता नेपालका अधिकांश स्पोर्ट्स फ्यानले फलो गर्छन्।
 
यो जाडोमा कफीको चुस्की लिँदै फुटबल र क्रिकेटको को मजा लिन पाए… हो, तिनै पारखी लक्षित गरी साकार शर्माले नयाँ बानेश्वरमा 'द क्रस्ट' रेष्टुरेन्ट सञ्चालनमा ल्याएका छन्। पिज्जा र कफी पारखी लक्षित गरी यो स्पोर्टस् रेष्टुरेन्ट खोलेको साकार बताउँछन्।
 
अमेरिकामा बिबिए सकेर आएका साकारले ७५ लाख रुपैयाँको लगानीमा रेष्टुरेन्ट खोलेका हुन्। एक हजार ८ सय स्क्वायर फिटमा निर्माण भएको रेष्टुरेन्टमा ६० जनासम्म अट्न सक्छन्।
 
अमेरिकामा बिबिए पढ्दा पढाइ खर्चका लागि क्याटरिङमा काम गर्दा सिकेको सिप नेपालमा उपयोग गरेको उनी सुनाउँछन्। अमेरिकामा डिसवासरदेखि क्याटरिङको म्यानेजरसम्म उनको भनाइ छ। 'अमेरिका चार वर्ष बस्दा नै पढाइ सकेर नेपालमा रेष्टुरेन्ट खोल्छु भन्ने योजना बनाएको थिएँ,' उनी सुनाउँछन्।
 
नेपालमा व्यवसायको सम्भावना छैन भन्ने नकारात्मक टिप्पणी उनले पनि नसुनेका होइनन्। तर, सम्भावना र भविष्य कसैले दिने कुरा नभई मेहनतबाट प्राप्त हुने उनको विश्वास छ।
 

के छ स्पेसल?


'द क्रस्ट'मा स्पेसलको रुपमा पिज्जा, ब्रेड, केक पाइन्छ। त्यसमध्ये पनि पिज्जाका लागि रेष्टुरेन्टले फरक पहिचान बनाइसकेको छ। यहाँ १९ किसिमका पिज्जा पाइन्छ। नेपालमा बिक्री हुने प्रायः सवै किसिमका पिज्जा उपलब्ध रहेको साकार बताउँछन्।
 
आफ्नो रेष्टुरेन्टमा सबै खाले पिज्जा दाउराबाट बनाइने हुँदा विषेश स्वाद पाइने उनको दाबी छ। 'ग्यास वा कोइलाबाट बनाइएको पिज्जामा त्यति टेष्ट हुँदैन,' उनी भन्छन्, 'अमेरिकी टेष्टलाई जस्ताको तस्तै नेपालमा उतार्न हामीले दाउरा बालेर पिज्जा बनाएका हौँ।'
 
बर्थडे, एनिभर्सरी वा अरु कुनै पारिवारिक जमघटका लागि यो स्थान उपयुक्त रहेको छ। बर्थ डे केक अर्डर गर्दा होम डेलिभरीको सुविधा समेत छ।
 
केक मात्र नभई द क्रष्टमा बेकरी सम्बन्धी सबै परिकार उपलब्ध छन्। रेष्टुरेन्टमा सिङ्गापुरबाट होटेल म्यानेज्मेन्ट र थाइल्याण्डबाट बेकरी सेफमा ग्राजुएटहरुले परिकार तयार गर्छन्।
 
गत महिना द क्रष्टले नेपालमै पहिलोपटक पिज्जा कम्पिटिसनको आयोजना गरेको थियो। प्रतियोगितामा नाम चलेका रेष्टुरेन्टबाट सेफ तथा होटेल म्यानेजमेन्ट पढेका विद्यार्थीले भाग लिएका थिए।
 
अहिले २० जनालाई रोजगारी दिएका साकारले काठमाडौंभित्र र बाहिरका मुख्य सहरमा द क्रष्ट विस्तारको योजना बनाएका छन्। पोखरा र भैरहवामा भने तत्कालै सेवा विस्तार गर्ने तयारी स्वरुप ठाउँ खोजिसकेको उनले बताए।
 
शाखा विस्तारका लागि पोखरा र भैरहवाका दुई युवालाई द क्रष्टमा बेकरी र रेष्टुरेन्ट सम्बन्धी तालिम समेत दिन थालिएको छ। उनीहरुको समेत स्वामित्व रहनेगरी ती स्थानमा नयाँ रेष्टुरेन्ट खोल्ने उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell