PahiloPost

Mar 16, 2025 | २ चैत्र २०८१

टेलिकमको नाफा २५ प्रतिशतले बढ्यो, असोजसम्ममा ४ अर्ब १४ करोड आम्दानी



पहिलोपोस्ट

टेलिकमको नाफा २५ प्रतिशतले बढ्यो, असोजसम्ममा ४ अर्ब १४ करोड आम्दानी

काठमाडौं : नेपाल टेलिकमले चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा २५ प्रतिशतले खुद मुनाफा वृद्धि छ। कम्पनीले असोजसम्ममा ४ अर्ब १४ करोड २९ लाख ५३ हजार २ सय ७९ रुपैयाँ कमाएको छ।

कम्पनीले गत आर्थिक वर्षको यही अवधिको तुलनामा ८३ करोड रुपैयाँले नाफा वृद्धि गरेको हो। नाफामा उच्च वृद्धिसँगै कम्पनीको प्रतिशेयर आम्दानी ११०.४८ रुपैयाँ पुगेको छ। गत वर्ष यो ८८ रुपैयाँ मात्र थियो।

कम्पनीको कुल आम्दानी १० करोड ५६ लाख रुपैयाँबाट वृद्धि भई ११ अर्ब ३६ करोड ८५ लाख रुपैयाँ पुगेको छ। कुल खर्च ६ अर्ब १६ करोड रुपैयाँले घटेर ५ अर्ब ७६ करोड रुपैयाँमा झरेको छ।

८० करोड रुपैयाँले आम्दानी र ४० करोड रुपैयाँले घटेको हुँदा कम्पनीले नाफामा उच्च वृद्धि गर्न सफल भएको हो। कम्पनीले सबैभन्दा धेरै मेन्टनेन्स खर्च ३६ करोड रुपैयाँले घटाएर १ अर्ब ९४ करोड रुपैयाँमा झारेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell