काठमाडौं : राजधानीका विभिन्न स्थानबाट मोटरसाइकल र स्कुटर चोरी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ।
चोरीको अभियोगमा मोरङ जिल्लाको हसनदह ८ घर भई हाल ललितपुरको इमाडोल बस्ने २३ वर्षीय युनिश शाह पक्राउ परेका हुन्। बा ३१ प ८७३ नम्बरको मोटरसाइकलमा बा २९ प ४२० नम्बर प्लेटमा परिर्वतन गर्दै गरेको अवस्थामा उनलाई प्रहरीले फेला पारेको थियो।
उनले काठमाडौंको सुकेधारा नजिकैको सडक र कालीमाटी तरकारी बजारबाट स्कुटर चोरी गरेको खुलेको छ।