
मस्को (रसिया) : मस्को निकट रुमेन रादेभ बुल्गेरियाको राष्ट्रपतिमा निर्वाचित भएपछि रसियाको प्रशासन केन्द्र क्रेमलिनले बुल्गेरियाका नवनिर्वाचित राष्ट्रपतिलाई सोमबार बधाई ज्ञापन गर्दै उनको सफल कार्यकालको लागि शुभकामना व्यक्त गरेको छ।
नयाँ राष्ट्रपतिको आगमनले दुई राष्ट्रबीचको सम्वन्ध थप विस्तार हुने बताउँदै रसियाले बुल्गेरियालाई विशेष महत्वका साथ हेर्ने गरेको क्रेमलिनका प्रवक्ता दिमित्री पेश्कोभले बताएका छन्।
'हामीले आशा गरेका छौं कि नयाँ राष्ट्रपतिको आगमनपछि बुल्गेरियाका नयाँ कार्यक्रम आउनेछन् र दुई देशको सहकार्य प्रगाढ हुनेछ,' पेश्कोभले भने।
समाजवादी प्रतिपक्षले समर्थन दिएका रादेभको विजय र दक्षिणपन्थी झुकाव भएको दलले समर्थन गरेका राष्ट्रपति पराजयसँगै यहाँका प्रधानमन्त्रीले नयाँ सरकारको गठनका लागि बाटो खुला गर्दै राजीनामा दिएका छन्।
रादेभले पश्चिमी मुलुकको समर्थन पाएका शेस्का साचेभालाई ५९.४ प्रतिशत मतका विरुद्ध ३६.२ प्रतिशत मतले पराजित गरेको बुल्गेरियाले जनाएको छ।
स्लाभिक (इन्डो–युरोपेली) मुलुक भएका नाताले यी दुई देशबीच गहिरो ऐतिहासिक र साँस्कृतिक सम्वन्ध रहेको छ। बुल्गेरिया रसियासँग ग्यास लगायतका इन्धनका लागि पनि अधिक निर्भर रहेको मुलुक हो। रासस/एएफपी