PahiloPost

Dec 27, 2025 | १२ पुष २०८२

मोटरसाइकलको ठक्करबाट कीर्तिपुरमा एक जनाको मृत्यु



पहिलोपोस्ट

काठमाडौं : आज बिहना कीर्तिपुर-३ सुन्दरीघाटमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको ज्यान गएको छ।
 
बिहान पौने ७ बजेतिर बा ७० प १५९७ नम्बरको मोटरसाइकलको ठक्करबाट अन्दाजी ५० वर्षीय व्यक्तिको मृत्यु भएको हो। दुर्घटनापछि उपचारका लागि कीर्तिपुर मोडेल अस्पतालमा उनको मृत्यु भएको प्रहरी वृत्त कीर्तिपुरले जनाएको छ। मृतकको सनाखत हुन सकेको छैन।
 
ठक्कर दिने मोटरसाइकल चालक झापा शिवगन्ज-१ घर भई हाल कीर्तिपुर ट्यांग्लाफाँट बस्ने १८ वर्षीय प्रिजेन्स भेटवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell